Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा काेराेना संक्रमित २९ बिरामी निकाे भइ घर फर्किए

काठमाडाैं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे महामारीले अधिकांश देश प्रभावित भएका छन्। यसबेला विश्वका धेरै देशहरू कोरोना भाइरससँग संघर्ष गरिरहेका छन्। यो संक्रमण भारतमा फैलिए पनि राेकिने प्रयास तिब्र रूपमा भइरहेकाे छ।

साेही राेकिने प्रयासअनुसार भारतमा कोरोना संक्रमित बिरामीमा निको समेत भइरहेका छन्। भारतीय सन्चारमाध्यमका अनुसार हालसम्म २९ जना कोरोना भाइरसकाे संक्रमित निको भइ घर फर्किएका छन् । भारतमा कुल संक्रमित ३ सय ४१ जना मध्ये २९ जना निको भइ घर फर्किसकेका छन् ।

भारतमा अन्य देशभन्दा कोरोनाबाट मृत्यु हुने दर पनि कम छन् । भारतमा कोरोनाका कारण हालसम ६ जनाको मृत्युु भएको छ । भारतमा कोरोना संक्रमण रोक्न जनता कर्फ्यु लागू भएको छ भने स्वास्थ केन्द्रहरुलाई खुला र चुस्तदुरुस्त राखिएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077