Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको बिहारमा कोरोनाले लियो एकको ज्यान, नेपालतर्फ संक्रमण जोखिम

काठमाडाैँ । चीनबाट सुरु भइ विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालसँग जोडिएको भारतको विहार राज्यमा प्रवेश गरिसकेको छ। बिहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको खबर भारतीय पत्रिका दैनिक जागरण अनलाइमामा प्रकाशित भएको छ। उक्त अनलाइनका अनुसार त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ।

स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए। तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ। विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन। त्यसैले विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला थियो। बङ्गलामा कोरोना सङ्क्रमणका बिरामी देखा परेसँगै बङ्गाल सरकारले काँकडभिट्टा बाहेक सबै नाका बन्द गरिसकेको छ।

कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म पाँचजनाको ज्यान गइसकेको छ भने ३३२ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077