Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेपालमा कोरोना आइसक्यो भन्दै डा. दिक्षितले सरकारलाई दिए ठाडाे चुनाैती

    नेपालमा कोरोना आइसक्यो भन्दै डा. दिक्षितले सरकारलाई दिए ठाडाे चुनाैती

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरस आइसकेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    ‘सरकारले जुन तथ्यांकका आधारमा नेपालमा कोरोना भाइरस छैन भनेको छ म त्यहीं तथ्यांकका आधारमा कोरोना भाइरस छ भन्छु,’ डा. दिक्षितले भने । उनले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिएका छन् ।



    उनले आफुले अफवाह फैलाउन खोजेको नभई सरकारलाई जागरुक हुन भन्न खोजेको बताए। उनले नेपालमा कोरोना भाइरसको जोखिमबाट समयमै बच्न आवश्यक रहेको भन्दै अवस्थाको सही जानकारी लिएर अघि बढ्नुपर्ने बताए ।



    चीन, भारत, बङ्गलादेश, पाकिस्तान जस्ता नजिकका देशमा रहेको नेपालमा कोरोना भाइरस ज्वालामुखी बन्न सक्ने खतरा औल्याए । सरकारसँग आवश्यक पैसा भएको भन्दै सही ठाउँमा खर्च गर्नुपर्ने बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार