Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • समिट एयरको जहाज आकस्मिक अवतरण

    समिट एयरको जहाज आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 5.9K
    SHARES

    रामेछाप । समिट एयरको जहाज आकस्मिक अवतरण भएकाे छ। काठमाडाैंबाट लुक्काका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको हाे ।

    नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालका अनुसार जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो। तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो।



    ‘समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे। तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराए।’



    एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो। आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए । विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका छन्। विमानका क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेनमा पिडि शेर्पा थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार