Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘कोरोनाबाट बच्न सर्तक रहनुभन्दा अरु विकल्प छैन’

    ‘कोरोनाबाट बच्न सर्तक रहनुभन्दा अरु विकल्प छैन’

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रुपमा फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न विभिन्न कलाकारहरूले सचेतनामूलक सन्देश प्रभाव गरिरहेका छन्।पछिल्लाे समय रेखा थापादेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मले भिडियो सन्देशबाट काेराेना भाइरसविरूद्द सावधानी अपनाउन आग्रह गरेका छन् ।

    यसबीच, अभिनेता राजेश हमालले पनि शनिवार साँझ फेसबुक लाइभमार्फत् कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् । अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन निर्माण नभइसकेका कारण सर्तक रहनुभन्दा विकल्प अरु नभएको उनको भनाई छ । उनले आफूले पनि आफ्नो दैनिकीमा धेरै परिवर्तन ल्याएको फेसबुक लाइभमा भनेका छन् ।



    पछिल्लो चार/पाँच दिनयता आफू घरमै सीमित भएको बताउँदै हमाल भन्छन्, ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् । व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर-सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन् ।



    अभिनेता हमालले कोरोनाबाट बच्न ‘नमस्कार’ गर्ने संस्कार अपनाउन पनि आग्रह गरेका छन् । ‘एकअर्कालाई भेट्दा नेपालीहरुको नमस्कार गर्ने संस्कार छ । तर, अहिले आधुनिकताको नाममा हात मिलाउँछौं । यो प्रकोपले हामीलाई नमस्कार गर्ने संस्कार नै राम्रो थियो भन्ने सिकाउँछ जस्तो मलाई लाग्छ’, उनले भने । कोरोनापछि पनि नमस्कार गर्ने चलन बसाल्न उनी आग्रह गर्छन् । विश्वभर फैलिएको कोरोना कारण हालसम्म १३ हजार ५ सय भन्दा बढीले ज्यान गुमाइसक्दा विश्वका करिब १८० देशहरुमा फैलिइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार