Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एकै दिन २ लाख मानिस उपत्यकाबाट बाहिरिए

    एकै दिन २ लाख मानिस उपत्यकाबाट बाहिरिए

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैै । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिने त्रासले एकै दिन २ लाख बढी मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । कोराना रोकथामका लागि सकारकारले सोमबारदेखि देशभर लामो दूरीका सवारीसाधन सञ्चलानमा रोक लगाएसँगै उपत्यका छाड्ने मानिसको संख्या बढेको हो ।

    शनिबार मात्रै २ लाख ६ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका ५ नाकाबाट शनिबार २९ हजार ७३ सवारीसाधन मार्फत उनीहरू बाहिरिएका हुन् ।



    सोही दिन काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या भने ४८ हजार ७२ जना मात्र छन् । उनीहरू १६ हजार सवारीसाधनमार्फत काठमाडौं उपत्यका आएका हुन् ।सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि विद्यालय तथा क्याम्पस बन्द गरेसँगै उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार