Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • कानुनविपरीत ओलीले मिर्गौला लिएका हुन्: अधिवक्ता

    कानुनविपरीत ओलीले मिर्गौला लिएका हुन्: अधिवक्ता

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैँ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली कानून विपरीत मिर्गौला लिएकाे बताएका छन्। उनीहरूले प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका क्रममा उनलाई मिर्गौला प्रदान गर्नेको नाताबारे स्पष्ट पार्न शिक्षण अस्पताललाई लिखित आग्रह समेत गरेका छन्।

    उनीहरुले अस्पताललाई पठाएको पत्रमा ओलीको कुन मितिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको हो? उनलाई मिर्गौला कसले प्रदान गरेको हो? भन्ने प्रश्न सोधिएको छ।



    यस्तै मिर्गौला लिने र दिनेबीचको नाता के हो? उक्त नाता कुन दस्ताबेजबाट प्रमाणित भएको हो? मिर्गौला प्रत्यारोपणमा कुनकुन चिकित्सक संलग्न भएका हुन्? भन्ने प्रश्नको पनि जवाफ दिन लिखित आग्रह गरेका हुन्।

    उनीहरुले सूचनको हक अन्तर्गत सूचना उपलब्ध गराई पाउँ भन्ने सम्बन्धमा पठाएको पत्र अस्पतालले दर्ता समेत गरेको छ। प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने व्यक्ति समीक्षा संग्रौला उनकी आफ्नै भान्जी नभएको र कानुनविपरीत ओलीले मिर्गौला लिएको दाबी अधिवक्ता न्यौपाने र भण्डारीले दाबी गर्दै आएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार