Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाको सन्त्रासमा उदाहरणीय बने यी दम्पत्ति, ३ लाख सहयोग घोषणा

    कोरोनाको सन्त्रासमा उदाहरणीय बने यी दम्पत्ति, ३ लाख सहयोग घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट फैलिन सक्ने महामारीका कारण सरकारले अत्यावश्यक बाहेकका अरु काममा घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ ।

    जसका कारण सबैभन्दा मारमा दैनिक कमाएर बिहान बेलुका हातमुख जोड्ने गरेका मजदुर, नाङ्ले पसलेमा पर्न गएको छ ।
    निर्माणदेखि विभिन्न क्षेत्रमा दैनिक काम गर्दै जीवन गुजारा गर्दैआएका अति नै बिपन्न मजदुर दाजुभाइ तथा दिदीबहिनीहरु भोकभोकै पर्ने अवस्था देखिएको छ ।



    यसरी दैनिक काम गरी गुजारा गर्नेहरुको थोरै भए पनि पीडामा मल्हम लाउनका लागि एक एक इन्जीनीयर दम्पतिले ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । इन्जीनीयरिङ पेशामा संलग्न काभ्रे निवासी मंगल श्रेष्ठ र उनकी पत्नी रुक्मिणी श्रेष्ठले दैनिक काम गर्ने विपन्न मजदुरका लागि १ महिना प्रतिपरिवार ६ हजारका दरले सहयोग गर्ने कुरा सामाजिक संजाल फेसबुकमार्फत् घोषणा गरेका छन् ।



    सामान्य इन्जीनीयरिङ कन्सलटेन्सी संचालन गर्दैआएका उनले उदार मन देखाएर नेपाली दाजुभाइलाई भोकभोकै पर्नबाट बचाउन ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेर धन होइन, मन ठूलो हो भन्ने सन्देश दिएका छन् ।

    मंगल श्रेष्ठका अनुसार करिब ३ लाख रुपैया (प्रतिपरिवार रू. ६ हजारका दरले) यो एक महिना पचास परिवारलाई सहयोग गर्ने इच्छा भएकाले सम्बन्धित घरबेटीको सिफारिस र नागरिकता प्रमाणपत्रको प्रतिलिपीसहित आउनुपर्नेछ । दैनिक गुजारा चलाउन गाह्रो पर्ने मजदुर र नाङ्लो पसल गर्नेहरुका लागि २०७६ चैत १० देखि सहयोगको सुरुवात गर्ने उनले बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार