Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मास्क र सेनिटाइजर कालोबजारी गर्ने मेडिकलमा छापा, चार जना पक्राउ

    मास्क र सेनिटाइजर कालोबजारी गर्ने मेडिकलमा छापा, चार जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना (काेभिड–१९) भाइरसका कारण पछिल्लाे समय अधिकांश मेडिकलहरूले कृतिम अभावकाे वातावरण बनाएर मास्क र सेनिटाइजरकाे कालोबजारी गर्न थालेका छन्। साेही कालाेबजारी राेक्नकाे लागि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले पसलहरुमा अनुगमन साथै छापा मार्न सुरू गरेका हुन् ।

    अनुगमनको क्रममा पसलमा मास्क र सेनिटाइजर हुँदाहुँदै छैन भनेर लुकाएर राखेका ४ जनालाई अनुगमन टोलीले पक्राउ गरेको छ । जनकपुरस्थित सुस्मिता मेडिकलबाट सर्लाही जिल्ला बरहथवा नगरपालिका–८ घर भएका सञ्जय साहलाई माक्सको कालो बजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।



    जनकपुरको भमरपुराचोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मीनिया गाउँपालिका–३ का २६ वर्षीय अनिल यादव र जिल्ला महोत्तरी जलेश्वर नगरपालिका–६ का ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको छ ।



    टोलीले सम्पूर्ण मेडिकलबाट जनकपुर–४ का ३२ ३२ वर्षीय सञ्जय साहलाई मास्कको कालो बजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको बजार अनुगमन टोलीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भई रहेको छ । जनकपुरमा मास्क र सेनिटाइजरको अभाव रहेको स्थानीय प्रशासनमा गुनासो बढेपछि बजार अनुगमनलाई तीव्रता दिइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार