काठमाडौं। विश्वका धेरै देशहरू कोरोना भाइरससँग संघर्ष गरिरहेका छन्। यो संक्रमण भारतमा पनि छिटो फैलिरहेको छ।
२० मार्चसम्म भारतमा कोरोना भाइरस बिरामीहरुको कुल संख्या २ सय ५० पुगेकोमा आज २१ मार्चसम्म यो संख्या बढेर ३२६ पुगेको भारतीय संचारमाध्यम आजतकले जनाएको छ ।
भारतका २२ राज्यमा कोरोना संक्रमण फैलिएको छ । गुजरातमा पनि कोरोना भाइरस फैलिरहेको छ। सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २२ मार्चलाई जनता कर्फ्यू’ घोषणा गरेका छन् ।
Leave a Reply