Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण फैलाएको भन्दै कनिकाविरुद्ध मुद्दा दायर

    कोरोना संक्रमण फैलाएको भन्दै कनिकाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2K
    SHARES

    मुम्बइ । भारतीय गायिका कनिका कपुरविरुद्ध लखनउको प्रहरीले विरुद्ध मुद्दा दायर गरेको छ । सरोजिनी नगर प्रहरी स्टेशनमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

    कनिकाले आफू संक्रमित भएको जानकारी नदिइकन २ सय नागरिकको ज्यान जोखिममा पुर्याएको उनीमाथि आरोप छ ।  हाल कनिकासँगै उनका परिवारका सबैजना क्वारेन्टाइनमा छन् ।



    लन्डनबाट भारत आएकी गायिका कनिकामा कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनीमा कोरोना संक्रमित भएको पुष्टि भएको हो ।



    मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई लखनउमा पार्टीसमेत दिएकी थिइन् ।कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार