Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना भाइरसबिरुद्ध हाँस्य अभिनेता सन्तोष पन्तको सचेतना सन्देश

    कोरोना भाइरसबिरुद्ध हाँस्य अभिनेता सन्तोष पन्तको सचेतना सन्देश

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं। बिश्वब्यापी रुपमा भाइरल भइरहेको कोरोना भाइरसबिरुद्ध फिल्मकर्मीबाट सचेतना अभियान सुरु भएको हो । ‘हिजो आजका कुरा’ फिल्मका तर्फबाट बरिष्ट हाँस्य अभिनेता सन्तोष पन्तले कोरोनाबिरुद्ध सचेतना सन्देशमार्फत दर्शकलाई सजक गराउने भिडियो सन्देश प्रस्तुत गरेका छन् ।

    भिडियोमा पन्तले नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि आफुले आफुलाई सुरक्षित राख्नुपर्ने, सरकारको मात्र मुख हेरेर नबसौ, बिशेष काम नभइ घर बाहिर ननिस्किऔंलगायतका सन्देश प्रस्तुत गरेका छन् ।



    उनले साबुन पानीले हात धुने,सेनेटाइजर प्रयोग गर्नेजस्ता सुझाव दिएका छन् ।



    भिडियोमा पन्तले आफ्नो तर्फबाट संचारकर्मी रवि लामिछाने, अभिनेत्री, निर्देशक दीपाश्री निरौला र संचारकर्मी, निर्देशक दिनेश डीसीलाई कोरोना भाइरस बारे जानकारी दिन नोमिनेट गरेको भन्दै अरुलाई पनि सुझाब दिएका छन् ।

    ‘हिजो आजका कुरा’ का निर्देशक साकार पन्तले आफूहरुले आफ्नो फिल्म र फिल्ममा संलग्न कलाकारहरुको माध्यमबाट कोरोना भाइरस बारे सचेतना जगाउन अभियान थालेको बताए ।

    यस्तो छ भिडियो सन्देश

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार