Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सेनिटाइजरको कालोबजारी गर्ने व्यापारी पक्राउ

    सेनिटाइजरको कालोबजारी गर्ने व्यापारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 1.7K
    SHARES

    जनकपुरधाम । विश्वभरि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस प्रकोपको मौकामा ह्याण्ड सेनिटाइजर, मास्क, तथा अन्य उपभोग्य वस्तुको कालोबजारी बढेको छ ।
    प्रहरीले सेनिटाइजरको कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । ५ सय थान ह्याण्ड सेनिटाइजरसहित जनकपुरधामको भ्रमरपुराचोकस्थित अटल फार्मेसीका कर्मचारी अनिल यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो ।
    अटल फार्मेसीका सञ्चालक प्रभास चौधरीले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित श्याम मेडिकलबाट आफ्नो फार्मेसीको नाममा ५ सय थान ह्याण्ड सेनिटाइजर खरिद गरेर उपभोक्तालाई बिक्री नै नगरि आफ्नो गोदाममा राखेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार