Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना भाइरसबारे अफवाह फैलाउने थापा पक्राउ

    कोरोना भाइरसबारे अफवाह फैलाउने थापा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। सामाजिक सञ्जालमा कोरोना भाइरसबारेअफवाह फैलाउने विवेक थापालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय थापालाई भक्तपुरको सिपाडोलबाट पक्राउ गरेको हो ।

    सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको भन्दै उनले भ्रमपूर्ण खबर फैलाएका थिए ।
    अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।
    भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरिएको छ। यस्तो गरिएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार