Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतमा तेस्रो मुलुकका सामान ‘सेल्फ क्वारेन्टाइनमा’

    भारतमा तेस्रो मुलुकका सामान ‘सेल्फ क्वारेन्टाइनमा’

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ । सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।

    चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि केही दिनदेखि सामान आयात हुँदै आएकोमा पछिल्लो समय भारतले तेस्रो मुलुकका सामान आयातमा कडाइ गरेकाले आयात निर्यात रोकिएको उद्योगी व्यवसायीले बताएका छन् ।



    मान्छेबाट मात्र नभई सामानबाट पनि कोरोना सर्ने भएकाले भारतले नै तेस्रो मुलुकबाट आयात हुने सामानलाई कडाइ गर्दा नेपालमा पनि त्यसको असर परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । “चीनलगायत कतिपय मुलुकबाट आउने सामानलाई भारतले सेल्फ क्वारेन्टाइनमा राखेको सुनिएको छ, यसको असर मुलुकको उद्योग व्यवसायमा पनि पर्छ”–उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार