Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालिका बलात्कार आरोपी जेल चलान

    बालिका बलात्कार आरोपी जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 3.2K
    SHARES

    गुल्मी । गुल्मीमा बालिका बलात्कार गर्ने एक युवा जेल चलान भएका छन्। केहि दिनअघि बलेटक्सारमा १२ बर्षीया बालिका बलात्कारको अभियोग लागेका ती युवा शुक्रबार पुर्पक्षका लागि जेल चलान भएका हुन ।

    फागुन १२ गतेका दिन रुरु क्षेत्र गाउँपालिका– ४ को बलेटक्सारमा १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङ्ग घर भई बलेटक्सारमा डेरा गरि बस्ने २३ बर्षीय तिलबहादुर बुढा जिल्ला अदालत गुल्मीको आदेशमा कारागार चलान भएका हुन् ।



    एक घरमा घरेलु कामदारको रुपमा रहेकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बुढालाई कारागार थुनामा पठाइएको त्यस अदालतका श्रेस्तेदार रामशरण लामिछानेले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार