Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बलिउड गायिका कपुरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

    बलिउड गायिका कपुरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.6K
    SHARES

    काठमाडाैँ । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    लन्डनबाट भारत आएकी गायिका कनिकामा कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनीमा कोरोना संक्रमित भएको पुष्टि भएको हो ।



    मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई लखनउमा पार्टीसमेत दिएकी थिइन् ।कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार