Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

    सरकारले कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।



    सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ। दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ।

    सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ। सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार