Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेनाकाे प्रभाव : दुई साताका लागि देशभरीका अदालत बन्द गर्ने निर्णय

    काेराेनाकाे प्रभाव : दुई साताका लागि देशभरीका अदालत बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै सर्वोच्च अदालतले देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द गर्ने निर्णय गरेको छ ।

    आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।



    विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएका बेला अदालतहरूले कसरी काम गर्ने भन्नेबारे निर्णय लिन भन्दै सर्वोच्च अदालतमा फूलकोर्ट बसेको थियो ।



    फूलकोर्ट बस्ने भनेर आज कुनैपनि मुद्दाको पेशी तोकिएको थिएन । सर्वोच्चले बिहीबारै आकस्मिक फूलर्कोट बस्ने भएकाले शुक्रबार पेशी नतोक्ने सूचना निकालेको थियो।

    यद्यपी यो अवधिमा बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने सुनुवाई हुने भएको छ ।

    अदालतमा अत्याधिक भिडभाड हुने भएकाले जोखिम बढेको भन्दै यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार