Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • पानी जहाजमा चढेका हजाराैं यात्रुमध्ये केहीमा देखियाे काेराेना

    पानी जहाजमा चढेका हजाराैं यात्रुमध्ये केहीमा देखियाे काेराेना

    आपत्‌कालीन चेतावनी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.6K
    SHARES

    फाइल तस्बिर

    अस्ट्रेलिया । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अस्ट्रेलियाकाे एउटा पानी जहाजमा देखिएकाे छ। उक्त जहाजमा चढेका मध्ये केही यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २ हजार ७०० यात्रुलाई छुट्टै बस्न आपत्‌कालीन चेतावनी जारी गरिएको छ ।

    न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन् ।



    सो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो । जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिस सहित कूल ३,८०० जना चढेको बताइएको छ ।सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको थियो।



    अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।“हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड-१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन्,” हजार्डले बताए।

    उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए । कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ । पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टाइनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार