Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विदेशी मुद्राको विनिमयदर कति पुग्यो ?

    विदेशी मुद्राको विनिमयदर कति पुग्यो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडाैं । पछिल्लो समय अमेरिकी डलरको भाउमा फेरबदल भइरहेको छ । बिहीबार एक डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको डलरको भाउ शुक्रबार (चैत ७) एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा उल्लेख गरिएको छ ।

    यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।



    यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।



    तालिकामा विस्तृतमा हेर्नुहोस्ः

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार