Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारकाे निर्णय मेलम्ची आयाेजनाले मानेन

    सरकारकाे निर्णय मेलम्ची आयाेजनाले मानेन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक ।  कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।

    आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले स्वास्थ्य सुरक्षा सचेतना अपनाउँदै मेलम्चीको काम जारी रहने बताए। ‘सचेतना अपनाउन कामदारलाई भनिसकेका छौं। त्रासकै कारण आयोजनाको काम रोकिन्न,’ उनले नागरिकसँग भने। सरकारले नै निर्णय गरेर रोक्नु नभनेसम्म आयोजनाको काम जारी रहने उनले बताए।



    आगामी असोजभित्र जुनसुकै हालतमा मेलम्ची पानी राजधानी पुर्‍याउन सरकार कस्सिएकाले आयोजना दबाबमा छ। असारभित्र मेलम्ची पानी सुरुङमा हालेर परीक्षण थाल्ने आयोजनाको तयारी छ। प्रवक्ता पन्तका अनुसार आयोजनास्थलको ६ साइटमा दुई सय ५० कामदार परिचालित छन्। तीमध्ये ४२ चिनियाँ कामदार छन्।



    ५० चिनियाँ कामदार रहेकामा चीन गएका आठ कामदार फर्केका छैनन्। घर गएका बेला चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि उनीहरु नफर्केका हुन्। आयोजनाको मुहानस्थल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलबाट एकसाथ निर्माण कार्य भइरहेको छ। कामदार छरिएर काम गरिरहेकाले भिडभाडको अवस्था नरहेको प्रवक्ता पन्तले बताए। नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार