Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मौसम पूर्वानुमानः मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

    मौसम पूर्वानुमानः मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.3K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । पूर्वानुमानका अनुसार देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली भइरहेको छ ।

    शुक्रबार दिउँसो भने देशका पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भागमा भने सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका १÷२ स्थानहरुमा मेघ गर्जन, चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।



    राति देशका पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ । बाँकी क्षेत्रमा भने सामान्यतया मौसम सफा रहनेछ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार