Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: आवश्यक परे लकडाउन गर्ने सरकारको तयारी

    काेराेनाकाे सन्त्रास: आवश्यक परे लकडाउन गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण अहिलेसम्म देखिएको छैन । तर विश्वका अधिकांश मुलुकमा कोरोना देखिइसकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनो भाइरसको संक्रमणले यूरोप र अमेरिकालाई समेत असर पारिसकेको छ । मध्यपूर्वको इरानमा पनि यसको प्रभाव देखिइसकेको छ । कोरोना भाइरस गर्मीमा नटिक्ने भनिए इरान र कतारमा पनि संक्रमण देखिएको छ । इरानमा त ठूलो मानवीय क्षति भइसकेको छ ।

    नेपालमा यसको संक्रमण अहिलेसम्म नदेखिएको भए पनि सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिंदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ । संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनु पर्ने आँकलन गर्दै गृहमन्त्रालयले यस्तो गृहकार्य गरेको हो ।



    त्यसैअनुसार संक्रमणका विरामी भेटिए आवश्यकता अनुसार सम्वन्धित शहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने गरी खाका बनाउन लागिएको हो । कान्तिपुर दैनिकका अनुसार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय बिपत जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटी बनाउने विषयमा छलफल भएको थियो। बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्भावित संकटको सामना गर्न सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।



    उता, सरकार र संयुक्त राष्ट्रसंघका नेपालस्थित मानवीय सहायता एजेन्सीहरुले कोरोनाविरुद्ध एकीकृत प्रतिकार्ययोजना बनाएका छन् । सोमबार गृह मन्त्रालयलाई विभिन्न ११ वटा क्लस्टरमा छुट्टाछुट्टै समिति बनाउँदै त्यसको नेपाल सरकारका सम्वन्धित कार्यालयले नेतृत्व गर्ने र राष्ट्रसंघका निकाय त्यसको सह–नेतृत्वमा रहेर काम गर्ने गरी खाका तयार भएको हो । मानवीय सहायता सम्बन्धी ‘कन्टिनजेन्सी प्लान’ निर्माणलाई आगामी सोमबार राष्ट्रिय बिपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेश गर्न निर्देशन दिइएको छ ।

    बिहीबार गृहमन्त्रालयमा विभिन्न ९ वटा मन्त्रालय तथा राष्ट्रसंघका नेपालस्थित डव्लूएचओ, युनिसेफ, डव्लूएफपी, आइसीआरसी, आइओएम, युएनएचसीआरलगायत एजेन्सीबीच कोरोना विरुद्ध कन्टिनजेन्सी प्लान बनाउने सम्वन्धमा बैठक बसेको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सोमबार त्यसको खाका आइपुग्ने गरी काम गर्न दिइएको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार