Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • गैरकानूनी रुपमा सञ्चालित छन् पोखराका यी विद्यालयहरु

    गैरकानूनी रुपमा सञ्चालित छन् पोखराका यी विद्यालयहरु

    यदुनाथ बञ्जारा
  • शुक्रबार, ७ चैत्र २०७६
  • 3K
    SHARES

    पोखरा । सरकारले सरकारी लगानीमा सञ्चालित सामुदायिक विद्यालयहरुको व्यवस्थापनको जिम्मा स्थानिय समुदायलाई दिइएको छ । झण्डै दुई दशकपछि बनेको स्थानिय सरकार मातहतमा विद्यालयको जिम्मामा आएपनि चुस्त र दुरुस्त रुपमा भने चलाउन सकेका छैनन् । यसको पछिल्लो उदाहरण हो, पोखरामा सञ्चालित पुराना र राम्रा मानिएका विद्यालयहरु ।

    संघिय सरकारको शिक्षा ऐन नियमावलीमा रहेको त्यो व्यवस्थापकीय पाटो अहिले स्थानिय सरकार समक्ष आइपुुगेको छ । कक्षा १२ सम्म पढाई हुुने विद्यालयहरु स्थानिय सरकारको मातहतमा आएपछि त्यसको व्यवस्थापन, निगरानी र नियमन थप प्रभावकारी हुने अपेक्षा गरिएको थियो । तर, स्थानिय सरकारले आफ्नै आगनका विद्यालयका व्यवस्थापन चुस्त दुरुस्त बनाउन सफलता हासिल गर्न सकेको छैन ।



    आफैले जारी गरेको शिक्षा नियमावली २०७५ अझै पनि कार्यान्वयनमा ल्याउन महानगर असफल देखिएको छ ।

    नेपालको संविधान २०७२ को धारा २६६ ले दिएको अधिकार वमोजिम बनेको स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार पोखरा महानगरपालिकाले स्थानिय राजपत्र प्रकाशन गरी शिक्षा नियमावली जारी गरेको थियो । २०७५ जेष्ठ ८ गते जारी भएको राजपत्र वमोजिम मवि सम्मको विद्यालय संचालन व्यवस्थापनको जिम्मा महानगरको काँधमा गएको थियो । आफैले जारी गरेको शिक्षा नियमावली २०७५ अझै पनि कार्यान्वयनमा ल्याउन महानगर असफल देखिएको छ ।



    पोखरा महानगर भित्रका नाम चलेका विद्यालयहरुले नै शिक्षा नियमावली कार्यन्वयनमा ढिलासुुस्ती गर्दै आएका छन् । सामुदायिक विद्यालयको संचालन र व्यवस्थापकीय दायित्व वोकेको विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यमा सहमती कायम हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा विद्यालयको नितिगत निर्णय लिन कठिनाई परेको छ । विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाई ठूला निर्णय लिन नमिल्ने हुँदा विविध समस्या पर्ने गरेको ति विद्यालयका प्राचार्यहरुले गुुनासो गर्ने गरेका छन् ।

    कहाँ–कहाँ छ अपुरो विद्यालय व्यवस्थापन समिति ?
    अमरसिंह माध्यामिक विद्यालय
    अमरसिंह माध्यामिक विद्यालय पोखराको चर्चित र नमूना विद्यालयको रुपमा स्थापित विद्यालय हो । पोखरा–१२ मा रहेको अमरसिंहमा विद्यालय व्यवस्थापन समिति अपुरो रुपमा चलिरहेको छ । अभिभावक भेलाबाट तिन जना सदस्य सर्वसम्मत छनोट भई आएपनि बाँकी ५ जना सदस्यको हुने भन्ने यकिन भएको छैन । वडा शिक्षा समितिले छनोट गरी पठाउने दुुई जना सदस्यको नाम विद्यालयमा प्राप्त हुन नआएपछि मनोनित सदस्य चयन गर्न समेत अप्ठेरो परेको छ । पोखरा महानगरपालिका–१२ को वडा शिक्षा समितिले छनोट गरेर पठाउने दुई जना सदस्यको बारेमा वडामा नै विवाद रहेको पाइएको छ ।

    ‘मैले आफ्नै दलको मान्छे नपठाई काम गर्दा पनि सुख पाइन ।’, अम्मर सिंह माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समिति गठन कार्यमा यस अघि पनि पटक–पटक विवादको भुमरीमा फस्दै आएको विद्यालय हो ।

    वडा शिक्षा समिति १२ का संयोजक तथा वडा अध्यक्ष रामबहादुर कार्कीले मिनबहादुर गुरुङ र शिवबहादुर वराललाई छनोट गरेको बताएका छन् । उक्त दुवै जना व्यक्ति नेकपाका कार्यकर्ता हुन् । कार्यकर्ता वृत्तमै विवाद चर्किएपछि गुरुङ र बरालको नाम सिफारिस हुनबाट रोकिएका छन् । मिन गुरुङ र शिवबहादुर वराल आवद्ध सत्ताधारी दलभित्रै नाम छनोटप्रति रुष्टता बढेपछि अर्को नाम छनोट गर्ने र तिनै नाम पठाउने भन्ने विषयमा अन्यौलता रहेको वडा अध्यक्ष रामबहादुर कार्कीले बताए । कार्की भन्छन्–‘मैले आफ्नै दलको मान्छे नपठाई काम गर्दा पनि सुख पाइन ।’

    अम्मर सिंह माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समिति गठन कार्यमा यस अघि पनि पटक–पटक विवादको भुमरीमा फस्दै आएको विद्यालय हो । स्थानिय तहको सरकारको मुठ्ठीमा अधिकार आउँदा पनि त्यसबाट समयमै निकास निस्कन नसक्नु लज्जाको विषय बनेको छ । राजनीतिक दाउपेच र विभिन्न स्वार्थ समूहको दवाव र प्रभावका कारण कानूनले तोकिएको समय भित्र समिति वन्न सकेको छैन । समितिले पूर्णता नपाउँदा विद्यालयका भौतिक पूर्वाधार विकास निर्माण, शिक्षक कर्मचारी नियुक्तिमा समस्या आउने प्राचार्य तेजस्वी बरालले वताए ।

    राष्ट्रिय माध्यामिक विद्यालय
    पोखराको अर्को पुरानो र चर्चित विद्यालय राष्ट्रिय माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले पनि पूर्णता पाएको छैन । अभिभावक भेलाबाट छनोट हुनुपर्ने सदस्य छनोट भई सकेका छन् । वडा शिक्षा समितिले छनोट गर्नु पर्ने २ जना सदस्य पनि छनोट भइसकेका छन् । नेकपाका वडा नं. १ का अध्यक्ष दामोदार रिमाल र अधिवक्ता जनकल्याण पराजुली वडा शिक्षा समितिवाट चयन भएका हुन् । ९ सदस्यीय समितिमा ५ सदस्य मात्र चयन भएका छन् । ५ जनाले एक सदस्य चयन गरेपछि ६ जना मध्यबाट अध्यक्ष चयन हुनु पर्ने प्रावधान छ ।

    अब मनोनित गर्ने सदस्य अध्यक्ष चयनका लागि निर्णायक हुने भएको कारण मनोनितको गाठो फुकाउन सकस पर्ने देखिन्छ । जवसम्म मनोनित प्रकृया पुरा हुदैन तवसम्म अध्यक्ष चयन प्रकृया सम्भव छैन ।

    तर, विडम्वना एकजना सदस्य कसलाई मनोनयन गर्ने भन्ने वारेमा सदस्यहरु वीचमा सहमती कायम हुन नसक्दा राष्ट्रिय माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति पूर्णता पाउने विषय अनिर्णयको वन्दी झै वनेको छ । अभिभावक भेलावाट छनोट भई आएका तीनजना सदस्य एकातिर र वडा शिक्षा समितिले छानेका दुई जना र वडा अध्यक्ष सहित एकातिर रहेका कराण वरावर मतका कारण जग्गा दाता, चन्दादाता, लव्धप्रतिष्ठित मध्यवाट विद्यालय व्यवस्थापन समितिले मनोनित गर्ने कार्य अलपत्र रहेको छ ।

    अब मनोनित गर्ने सदस्य अध्यक्ष चयनका लागि निर्णायक हुने भएको कारण मनोनितको गाठो फुकाउन सकस पर्ने देखिन्छ । जवसम्म मनोनित प्रकृया पुरा हुदैन तवसम्म अध्यक्ष चयन प्रकृया सम्भव छैन । अध्यक्षका लागि जनकल्याण पराजुली र अभिभावक भेलावाट छनोट भएका मध्यवाट मोहन दवाडी र निवर्तमान अध्यक्ष सिता अधिकारीकोे दावी रहने तयारी भएको वुझिन आएको छ ।

    राष्ट्रिय माध्यामिक विद्यालयमा देखिएको दुई धुर्वको टकरावका कारण विद्यालयले पूर्ण विद्यालय व्यवस्थापन समिति पाउन कठिन देखिन्छ । विद्यालयको हित र गुणस्तरमा लाग्नु पर्ने सदस्यहरुको यो हठले सरकारात्मक नतिजा
    दिन्छ भनेर कसरी विश्वास गर्ने ?

    सितलादेवी माध्यामिक विद्यालय
    २ पटक राष्ट्रिय पुरस्कार, एक पटक प्रदेश पुरस्कार प्राप्त गर्न सफल शितलादेवी कास्की जिल्लाकै इज्जत राख्ने सामुदायिक विद्यालय हो । तर, विडम्वना यस विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । महानगर आफैले बनाएर जारी गरेको शिक्षा नियमावली कार्यान्वयनमा ल्याउन महानगरपालिका असक्षम रहेको छ ।

    वडा भित्र रहेका सामुदायिक विद्यालयलाई माया गर्ने शिक्षा प्रेमीहरु मध्यबाट वडा शिक्षा समितिले २ जना व्यक्ति मनोनित गर्न नसकेका कारण झण्डै डेढ वर्ष देखि सितलादेवी माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले पूर्ण पाउन नसकेको हो ।

    नियमावली वमोजिम अभिभावक भेलावाट छानिएर आउन एक महिला र दुई पुरुष सदस्य १५ महिना पहिल्यै मिति २०७५÷८÷२९ गते नै चयन भइसकेका हुन तर महानगरपालिका वडा नं. १२ को वडा शिक्षा समितिले छनोट गरी सिफारिस गर्नु पर्ने २ जना सदस्यको चयन गर्न नसक्दा विद्यालय व्यवस्थापन समितिले पूर्णत पाउन सकेको छैन । वडा शिक्षा समितिका संयोजक रामबहादुर कार्कीको नेतृत्वमा रहने शिक्षा समिति निकम्वा बन्न पुगेको छ ।

    वडा भित्र रहेका सामुदायिक विद्यालयलाई माया गर्ने शिक्षा प्रेमीहरु मध्यबाट वडा शिक्षा समितिले २ जना व्यक्ति मनोनित गर्न नसकेका कारण झण्डै डेढ वर्ष देखि सितलादेवी माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले पूर्ण पाउन नसकेको हो । समिति अपुरो हुँदा शिक्षक अभिभावक संघ गठन हुन सकेको छैन । सरकारले जम्मा माध्यामिक विद्यालय मा १ र प्रा.वि. मा ८ जनाको दरवन्दी दिएको उक्त विद्यालयलाई सर सहयोग जुटाउन समेत हम्मे हम्मे

    अमरसिंह नमूना माध्यामिक विद्यालय र सितलादेवी माध्यामिक विद्यालयलाई प्रत्यक्ष अभिभावकत्व प्रदान गर्ने स्थानिय सरकार पोखरा महानगरको अकर्मण्य कार्यशैलीका कारण शिक्षा मन्त्रालयले गर्ने मूल्यांकनमा समेत नम्वर कम आएको हाे ।

    परेको अवस्था छ भने भौतिक विकास निर्माण जस्ता विषयमा काम गर्न समेत कठिन परेको विद्यालयका प्राचार्य वावुराम अधिकारी वताउँछन् ।

    देशका दुई चर्चित विद्यालय पोखरा महानगरपालिका–१२ मै रहेका छन् । अमरसिंह नमूना माध्यामिक विद्यालय र सितलादेवी माध्यामिक विद्यालयलाई प्रत्यक्ष अभिभावकत्व प्रदान गर्ने स्थानिय सरकार पोखरा महानगरको अकर्मण्य कार्यशैलीका कारण शिक्षा मन्त्रालयले गर्ने मूल्यांकनमा समेत नम्वर कम आएको सितलादेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक वावुराम अधिकारीले बताए ।

    अमरसिंह माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समिति सदस्यमा छनोट गर्ने वडा शिक्षा समितिको निर्णयमा मेयर मानबहादुर जिसीले हस्तक्षेप गरेर विद्यालयलाई वन्धक बनाएको बताइएको छ । यस बारेमा मेयर जिसी सँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार