Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोराना भाइरस : २० जना भारतीयलाई सीमाबाट फिर्ता पठाइयो

    कोराना भाइरस : २० जना भारतीयलाई सीमाबाट फिर्ता पठाइयो

    विप्लव काफ्ले
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.9K
    SHARES

    चितवन । विश्वभर कोराना भाइरसको महामारी फैलिन थालेपछि नेपालले पनि उच्च सतर्कता अपनाउन थालेको छ । चितवनमा विदेशी नागरिकको प्रवेशमा कडाई गर्न थालिएको छ । माडी नगरपालिकाले भारतीय नागरिकलाई प्रवेशमा कडाई गर्न थालेको छ । भारतमा समेत कोरोना भाइरसका संक्रमित बिरामी फेला पर्न थालेपछि रोग सर्न नदिन कडाई गरिएको हो ।

    बिहीबारमात्रै २० जना भारतीयलाई बगईबाट फिर्ता पठाइएको छ । ‘विदेशीलाई प्रवेशमा कडाई गरेका छौँ, धेरै भारतीय आउने गरेको पायौ’, मेयर ठाकुरप्रसाद ढकालले भने, “नेपाली नागरिकता नहुनेलाई फिर्ता पठाउन थालेका छौ, संक्रमण नफैलियोस् भनेर सावधानी अपनाएका हौ ।’ उनले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षसँग समेत समन्वयको प्रयास गरिएको बताए । ‘खुल्ला नाका क्षेत्रमा समेत निगरानी बढाएका छौ’, उनले भने, “नयाँ कोही माडीमा छिरेमा उमाथि निगरानी बढाएका छौ’, स्वास्थ्य परीक्षण गरेका छौ ।’



    हरेक चैते दशैंमा ४–५ दिन सोमेश्वर र गोद्धक क्षेत्रमा मेला हुँदै आएका थिए । चैते दशैंको अवसर पारेर माडीमा वर्षेनी धेरै भारतीय भक्तालु आउने गर्थे । “गोद्धक र सोमेश्वरगढीमा यसपाली मेला, पुजापाठ केही हुनेछैनन्”, मेयर ढकालले भने, ‘ती क्षेत्रमा नेपाली तथा भारतीय सबैलाई जानआउन कडाई गरिनेछ ।’ हरेक दिन यात्रुको ज्वरो परीक्षण माडी नगरपालिकाले माडीको अन्तिम विन्दु बगाई बसपार्कमा हरेक दिन यात्रुको ज्वरो परीक्षण गर्दै आएको छ ।



    पर्साको ठोरी गाउँपालिकाले ठोरी छोटी भन्सार नाकामा यात्रुको ज्वरो परीक्षण गर्दै आएको छ । बगईमा फागुन २४ गतेदेखि, ठोरीमा चैत २ गतेदेखि हेल्थ डेस्क सञ्चालनमा छन् । बगईमा आफन्त नेपालको सूचना तथा परामर्श केन्द्रको अस्थायी बीटमा हेल्थ डेस्क राखिएको छ ।

    भरतपुरबाट पर्साको सुवर्णपुरसम्म करिव १ सय १० किमि पर्छ । बगईबाट ठोरी करिव २४ किमिको दुरीमा पर्छ । ‘अब बगई उता सार्वजनिक बस नचलाउने प्रयास छ, बाँदरझुलासम्म एक बस लैजाने योजना छ’, माडीका मेयर ढकालले भने, ‘भाइरसबाट जोगाउन सीमावर्ती नाकाहुँदै आउने सवारीमा कडाई गर्नुपर्ने अवस्था छ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार