Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चीनकाे भूकम्पले हल्लियाे काठमाडौं

    चीनकाे भूकम्पले हल्लियाे काठमाडौं

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं – काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

    चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चीनको पश्चिमी सीजाङमा गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो ।



    राष्ट्रिय भूकम्पमापन केन्द्रले पनि आजको भूकम्पको केन्द्रविन्दु नेपालभित्र नरहेको बताउँदै यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको बताएको छ ।



    नेपालमा यसको धक्का काठमाडौँसहितका क्षेत्रमा पनि महसुस गरिएको हो । यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार