Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • परीक्षा दिन हिडेकी किशोरीको बलात्कारपछि हत्या, एक पक्राउ

    परीक्षा दिन हिडेकी किशोरीको बलात्कारपछि हत्या, एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.1K
    SHARES

    इलाम- इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार हत्या भएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन आउँदै गर्दा विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

    किशोरीलाई बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए। ‘बिहान साढे ९ बजेतिर घरबाट स्कुल हिँडेकी किशोरीलाई स्कुल पुग्नुअघि नै बलात्कार गरी हत्या गरेर खाडलमा पुरिएको फेला परेको छ,’ बिहीबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले भने, ‘अघिल्लो दिनसम्म परीक्षा दिइरहेकी किशोरी मंगलबार विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे। बुधबारमात्र शव फेला परेको हो।’



    प्रहरीका अनुसार किशोरीले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टामा बेरी नहल्लिने बनाएर, टाउको प्लास्टिकको बोरामा हाली पुरिएको अवस्थामा शव भेटिएको छ। ‘किशोरीलाई ढुंगाले टाउकामा प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि ४ जना पक्राउ परेकामा १ जनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका छन्।’



    किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरकै २१ वर्षे रोशन राईलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। ‘पक्राउ परेका राईले आकृतिको आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्,’ एसपी पाण्डेले भने, ‘पक्राउ परेका अन्य ३ जनालाई सोधपुछपछि छाडिएको छ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार