Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • कोरोना भाइरसको महामारी रोक्न मोदीद्वारा जनता कर्फ्यू घोषणा

    कोरोना भाइरसको महामारी रोक्न मोदीद्वारा जनता कर्फ्यू घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2K
    SHARES

    नयाँदिल्ली । विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणका कारण भारतमा जनता कर्फ्यू घोषणा गरिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।



    उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।

    जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर अत्यावश्यक सेवामा खटिएकाहरुको हौसला बढाउन मोदीले आग्रह गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार