Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नेपाल लाइफको प्रवक्तामा प्रसाईं नियुक्त

    नेपाल लाइफको प्रवक्तामा प्रसाईं नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।

    संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ ।



    जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब २६ करोड रूपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रूपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ ।



    कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा रू. १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

    त्यस्तै, हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार ५ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार