Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

    अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.8K
    SHARES

    सिड्नी । कोभिड¬–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन्।

    अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताउनु भएको हो ।



    गैर अष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो । अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।



    प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको सङ्क्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिए। अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । (रासस-सिन्ह्वा)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार