Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बरामद ११ लाख मास्क साझा स्वास्थ्य सेवाले बेच्दै (यी स्थानमा पाइन्छ)

    बरामद ११ लाख मास्क साझा स्वास्थ्य सेवाले बेच्दै (यी स्थानमा पाइन्छ)

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडाैं । प्रहरीले विभिन्न मितिमा लुकाइ राखेकाे अवस्थामा बरामद गरेकाे करिब ११ लाख थान सर्जिकल मास्क बिक्री गर्न लागेकाे छ। महानगरी प्रहरी परिसर काठमाडाैंका प्रवक्ता तथा डीएसपी हाेविन्द्र बाेगटीले जिल्ला प्रशासन कार्यालय काठमाडाैँकाे आदेश बमाेजिम विभिन्न मितिमा बरामद गरिएकाे १० लाख ८६ हजार मास्क बिक्री वितरण गर्न लागिएकाे बताए।

    उनका अनुसार मास्क साझा स्वास्थ्य स‌ेवाले किन्न लागेकाे हाे। प्रशासनकाे आदेश बमाेजिम साझा स्वास्थ्य स‌ेवाले किनेकाे मास्क ४ रुपैयाँ ४२ पैसादेखि ५ रुपैयाँसम्म बिक्री गर्न पाउने उनले बताए। डीएसपी बाेगटी भने,’साँझा स्वास्थ्य सेवाले नेपाल प्रहरीकाे अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, भक्तपुर अस्पताल र साँझा स्वास्थ्य सेवाकाे केन्द्रीय कार्यालय कपनबाट मास्क बिक्री गर्नेछ।’



    कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी पछिल्लो समय आक्रामक बनेको छ । कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रियता देखाएको छ।



    प्रहरी परिसर काठमाडौंको टोलीले डल्लु, कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्नमाथि कानुन बमाेजिम कारवाही प्रक्रिया अगाडि बढाएकाे छ। उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार