Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • यस्ता कसुरका थुनुवालाई रिहा गर्ने सरकारको तयारी

    यस्ता कसुरका थुनुवालाई रिहा गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौँ । चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा १७३ देशमा परेको छ। कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ ।

    साेही संक्रमणलाई मुलुकमा फैलिन नदिन नेपाल सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो । यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ।



    महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे छलफल हुन थालको हो।बुधबार मात्रै सरकारले २५ जनाभन्दा बढी फेला हुन नपाउने गरी निर्देशन दिएको थियो।

    बिहीबार मात्रै प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ। कारागार तथा बालगृह अनाथलयहरुमा मानिसहरुको भीडभाड भएकाले त्यसको संख्या घटाउन के–के गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिएका थिए।

    काेराेना संक्रमित अन्य देशमा पनि त्यहाँकाे सरकारले कैदीहरुलाई धामाधाम छाेडिरहेकाे छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार