Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोनाको शङ्कामा केन्यालीलाई पिटेर मारियो

    कोरोनाको शङ्कामा केन्यालीलाई पिटेर मारियो

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.5K
    SHARES

    एजेन्सी । दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस भएको शङ्कामा पिटेर मारिएको छ। केही युवा समूहले पिटेको र पछि अस्पतालमा उक्त व्यक्तिको मृत्यु भएको जनाइएको छ।

    स्थानीय प्रहरी प्रमुख नेहेमिया बिटोकले उक्त घटनाको पुष्टि गरेका हुन्। यसबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको उनले जनाएका छन्। उक्त व्यक्तिलाई मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ९ बजे कुटिएको थियो। केन्याको सेतो समुद्री किनारका रूपमा पर्यटकमाझ लोकप्रिय साम्ब्वेनी नामक गाउँमा यो घटना भएको हो।



    केन्यामा हालसम्म ७ जना कोरोना सङ्क्रमित छन्। यस महामारीसँग लड्न केन्याले पर्यटकलाई यात्रा गर्न प्रतिबन्ध, शैक्षिक संस्था बन्द र सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ।



    चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा १७३ देशमा परेको छ। कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार