Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

    पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। उनी बुधबार साँझ करिब ८ शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका थिए।

    स्वास्थ्यमा समस्या आएपछि भट्टराईलाई शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए।



    ‘पहिला ढाडमा अलि समस्या थियो। अहिले सहनै नसक्ने गरी बढी दुखेपछि अस्पताल लगिएको हो’ उनले भने ‘रगतमा समस्या छ कि भन्ने शंका थियो। त्यस्तो केही पाइएन।’ उनका अनुसार सबै रिपोर्ट राम्रो आएकाले केही बेरमा भट्टराईलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार