Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • दिल्लीमा कोरोना संक्रमित युवाले गरे आत्महत्या

    दिल्लीमा कोरोना संक्रमित युवाले गरे आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.8K
    SHARES

    नयाँ दिल्ली । चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस (कोभिड–१९) संक्रमित एक जनाले भारतमा आत्महत्या गरेका छन्। दिल्लीको सफरजंग अस्पतालमा कोरोना भाइरस(कोविड–१९)संक्रमित ३५ वर्षीय युवकले आत्महत्या गरेका हुन्।

    हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो।



    चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण हाल विश्वभर महामारीको रुपमा फैलिरहेको छ। भारतमा मात्रै हालसम्म १५९ जनामा यसको संक्रमण देखिएको छ भने तीन जनाको मृत्यु भैसकेको छ। विश्वभर हालसम्म यसको संक्रमणबाट ८ हजार ९ सय बढीको मृत्यु भैसकेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार