Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गाउँपालिका अध्यक्षमाथि कुटपिट

    गाउँपालिका अध्यक्षमाथि कुटपिट

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 5.8K
    SHARES

    फाइल : तस्बिर

    खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई सोही गाउँपालिकाका एक जनाले कुटपिट गरेका छन् । उनलाई वडा नम्बर–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका हुन् । आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।

    कुटपिटपछि अध्यक्ष रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि घर फर्किएका छन् ।“ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गरे, अहिले सामान्य उपचारपछि घर फर्किसकेँ । ” उनले भने ।



    प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्षसहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए । उनले भने “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन । ”



    यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ । गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छैन । समस्या बढ्दै गएको छ ।

    न्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार