Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • देशैभरका सर्वोच्चसहितका अदालत बन्द

    देशैभरका सर्वोच्चसहितका अदालत बन्द

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं ।  देशभरका सर्वोच्च अदालतऽ उच्च अदालत र जिल्ला अदालत आज (बिहीबार) बन्द हुने भएका छन् । बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालत बन्द गर्ने निर्णय भएको छ ।

    सर्वोच्चका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा अदालत बन्द गर्ने निर्णय भएको हाे ।  सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।



    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।



    धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए। उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार