Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गर्लफ्रेण्डको नाम त भन्न मिल्दैन

    गर्लफ्रेण्डको नाम त भन्न मिल्दैन

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 4K
    SHARES

    ‘फुलन्देकी आमा’ अर्थात उमेश राई हाँस्य कलाकारितामा चर्चित नाम हो । भोजपुर जिल्ला हतुवागढी गाउँपालिकाको पेक्ला गाउँमा जन्मिएका राई दर्शक स्रोतहरूका माझ निकै लोकप्रिय छन् ।

    उनका अभिनय महिला क्यारेक्टरमा धेरै देख्न पाइन्छ । राईका प्रस्तुति हेरेका दर्शक स्रोताले उनलाई प्रत्यक्ष देख्ने हो भने चिन्दैनन् । कहिले काहीँ आफ्नो अभिनय हेरेर आफै हाँस्ने गरेका राई महिलाको भेषमा हाँस्य कलाकारिता देखाउँदा आलोचना भएको बताउँछन् ।



    ती आलोचनाबाट उनी बिचलित हुन पनि खोजेका रहेछन् ।



    पछि आत्मबल बलियो बनाएर उनले महिला अर्थात ‘फुलन्देकी आमा’बाटै अभिनय अगाडि बढाए । अहिले उनी सोही क्यारेक्टरमा चर्चित छन् । उनै हाँस्य कलाकार उमेश राई अर्थात फुलन्देकी आमासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

    ० तपाई केटी हो कि केटा हो ?
    – म केटा हो । कलाकारितामा मात्रै केटी हो । भ्रममा नपर्नु होला । मेरा शुभचिन्तकहरू झुक्किनु पर्दैन ।

    ० कलाक्षेत्रमा तपाई केटी बनेर किन आउनु हुन्छ ?
    – कलाकारिताको क्षेत्रमा मैले नयाँपना दिन खोजेको हुँ । यसलाई अन्यथा लिनुपर्दैन ।

    ० तपाई फुलन्देकी आमा हो कि…अरु केही हो ?
    – हो म फुलन्देकी आमा हो । हाँस्य कलाकारितको लागि यो चरित्र मात्रै हो । क्यारेक्टरमा मात्रै फुलन्देकी आमा हुँ ।

    ० कलाकारितामा फुलन्देकी आमा बनेर अभिनय गर्न थालेको कति भयो ?
    – साढे दुई वर्ष जति भयो । यो चरित्रमा अभिनय गर्न थालेदेखि दर्शक स्रोताहरूले मन पराइदिनुभएको छ । खुसी लाग्छ ।

    ० योभन्दा पहिला तपाईले के गर्नु हुन्थ्यो ?
    – पहिला म अध्ययरत थिएँ । वैदेशिक रोजगारीका लागि साउदी अरबमा पनि गएँ । त्यहाँ दुई वर्ष बसेर काम गरेँ । त्यसपछि नेपाल आएर हाँस्य कलाकारितातिर लागेँ ।

    ० फुलन्देकी आमा अर्थात केटीको चरित्रमा अभिनय गर्ने कुरा कसरी फुर्यो तपाईलाई ?
    – पहिला म कालाकार थिईंन । कलाकारितातिर नभएपनि हँस्यव्यङ्ग्यहरू हेर्थेँ । हेर्दाहेर्दै कलाकार बन्न मन लाग्यो र बने पनि । राम्रो काम गर्दागर्दै हाँस्यकलाकार भएँ । हाँस्य कलाकारितातिर काम नै गर्ने हो भने नयाँ खालबाट गरौँ भनेर हाँस्य विधातिर लागेको हुँ ।

    मैले हाँस्य कलाकारिता ‘द कपिल शर्मा शो’ अत्यन्तै धेरै हेर्ने गर्थेँ । म हिन्दी पनि नबुझ्ने मान्छे । नबुझेपनि त्यो शो मन पथ्र्यो । पछि बुझ्दै जाँदा त त्यो ‘द कपिल शर्मा शो’ कार्यक्रम विश्वभरि नै फेमश रहेछ । त्यो शोमा मेलहरू फिमेल भएर अभिनय गर्थे । त्यो पनि मेरा लागि हाँस्य कलाकारितामा आउने एउटा उद्देश्य रह्यो । कपिल शर्माको शोबाट प्रभावित भएको हुँ ।

    अर्को कुरा नेपालमा थुप्रै कलाकारहरूले केटीको अभिनय गर्नुभएको छ । उदाहरणका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि केटीको क्यारेक्टर गर्नुभएको छ । मैले पनि त्यस्तैखालको नयाँ गर्न पाए राम्रो हुन्थ्यो भनेर सोच बनाएको थिएँ । त्यसैले गर्दा फुलन्देको आमा बने ।

    ० महिला क्यारेक्टरमा हाँस्य अभिनय गर्दा आलोचना भयो कि भएन ?
    – शुरुमा धेरै आलोचना भयो । आलोचना भएपछि मैले कालाकारिता नै छाड्न पनि लागेको थिएँ । मलाई यसमा धेरै साथीभाइको साथ पनि छ । मैले शुरुदेखि महिलाको अभिनयमा हाँस्य विधामा काम गर्दै आएको पनि होइन । बीचमा आएर आलोचनाहरू हुँदा चित्त पनि दुख्यो । जुन रुखमा फल फल्छ त्यही रुखमा मात्रै ढुंगाको झटारो पर्ने हो भन्दै साथीहरूको सुझाव आयो । त्यसै कारण महिलाको क्यारेक्टर गर्नबाट पछाडि हटिन ।

    ० नाकमा बुलाकी, कानमा ढुँग्री लगाउँदा कस्तो महशुस हुन्छ ?
    – त्यो लगाउँदा गाह्रो हुन्छ । यो लगाएर अभिनय गर्दा झन गाह्रो हुन्छ नि । ओरजिनल र बनाएकोमा त धेरै फरक हुन्छ । नेचुरल शरीरमा अर्को कुरा झुण्ड्याउँदा गाह्रो त भइहाल्छ नि ।

    ० तपाईले नाक र कान छेड्नु भएको छ ?
    – नाक छेडेको छैन । कान छेडेको छु । कान त केटाहरूले पनि छेडेर मुन्द्रा लगाएका हुन्छन् ।

    ० तपाईले आफ्नो प्रतिस्पर्धी हाँस्य कलाकार कसलाई मन्नु हुन्छ ?
    – मैले कसैलाई पनि आफ्नो प्रतिस्पर्धी मान्दिन । मभन्दा राम्रो हाँस्य कला प्रस्तुत गर्नेहरू हुनुहुन्छ । मभन्दा अग्रजहरू पनि हुनुहुन्छ । म भर्खर सिक्दै गरेको कलाकार हुँ । म अझै प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको छैन ।

    ० कार्यक्रमहरूमा तपाईलाई कत्तिको बोलाउँछन् ? माग कति छ ?
    – कार्यक्रमहरूमा मैले धेरै मायाँ पाउँछु । देशभित्र र विदेशमा पनि धेरै कार्यक्रमहरूमा भाग लिएको छु । नेपालभित्र कलकारको सीमित क्षेत्र हुन्छ । पूर्वेली कलाकारको पूर्वतिर मात्रै माग हुन्छ । पश्चिमी कलाकारहरूको पश्चिमतिर मात्रै माग हुन्छ । म भाग्यमानि छु । पूर्वपश्चिम सबैतिर मेरो माग हुन्छ । देशर विदेश सबैतिर बोलाउनु हुन्छ ।

    ० तपाईलाई एक घण्टाभन्दा धेरै समयदेखि हेलमेट लगाएको देखिरहेको छु ? किन लगाउनुभएको हो ?
    – होइन त्यस्तो केही पनि होइन । कामको लागि आएँको थिएँ । टाउकोबाट निकाल्न भुलेछु ।

    ० नेपालमा तपाईले आदर्शका रुपमा लिने हाँस्य कलाकारहरू कोही छन् ?
    – म सिक्दै जाने हो । आदर्शकै रुपमा गुरु मानेर जाने भन्ने छैन । सबैको हाँस्य विधाका कार्यक्रम हेर्छु । आदर्श नै मान्ने भन्ने छैन । काम आफूले गर्ने हो । अहिलेसम्म जे जति गरेको छु त्यही नै ठीक छ । अर्काको नक्कल गरेर, अर्काको जस्तो बन्न खोजेर कहाँ हुन्छ र ? आफैले आफ्नोपनमा प्रस्तुति दिनुपर्छ । अरुको नक्कल नगरेकै राम्रो ।

    ० फिल्महरू खेल्नु भएको छ ?
    – फिल्महरूमा मेरो माग त छैन । मैले एउटा फिल्ममा खेलेको छु । त्यो फिल्म रिलिज हुन बाँकी छ । ‘हेल्लो काशिराम’ भन्ने फिल्ममा अभिनय गरेको छु । फिल्मको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । फिल्म रिलिज गर्न मात्रै बाँकी छ ।

    ० तपाईको नाम गीत पनि बनेको रहेछ है ?
    – ‘फुलन्देकी आमा’ भन्ने टाइटल गीत बनेको छ । मेरै नाममा आधारित छ । मलाई चिनाउने गीत बनेको छ । म मरेर गएपनि ‘फुलन्देकी आमा’ भनेर यो गीतले मलाई स्मरण गराउनेछ । यो गीतलाई सुनिता थेगिमले स्वर दिनुभएको छ । मैले म्युजिक भिडियोमा अभिनय गरेको छु ।

    ० घरपरिवार वा आफूलाई मनमा पीडा भएको बेला हँसाउनु परेको छ कि छैन ?
    – त्यस्तो समस्या वा पीडा मैले अहिलेसम्म भोगेको छैन । त्यस्तो नपारेस् पनि कहिल्यै ।

    ० घरपरिवार, बुबाआमाले मेरो छोरोले छोरी मान्छेको भेषमा अभिनय ग¥यो भनेर चित्त देखाउनु वा मन खिन्न बनाउनु भएको त छैन ?
    – केही भन्नु भएको छैन । जे गरेपनि साथ दिनुभएको छ । जे गरेको छ राम्रो गरेको छ भनेर प्रशंसा नै गर्नुभएको छ ।

    ० तपाईले विवाह गर्नुभएको छ ?
    – अहिलेसम्म विवाह गरेको छैन ।

    ० विवाह कोसँग गर्नु हुन्छ ?
    – जोसँग जुर्छ, उसैसँग विवाह गर्नुपार्ला ।

    ० युवतीसँग माया प्रेम भएको छ कि छैन ?
    – माया प्रेम छ ।

    ० कोसँग प्रेम भएको हो ? नाम भन्न मिल्छ ?
    – अहिले भन्न मिल्दैन । अहिले लभ परेको मात्रै भन्ने हो । कथंकदाचित ऊसँग विवाह भएन भने पछि गाह्रो हुन्छ ।

    ० ‘फुलन्देकी आमा’ र तपाईकी गर्लफ्रेण्डबीच भेट भयो भने के होला ?
    – केही हुँदैन । म उमेश राई हो । उमेश नै हुन्छु । ‘फुलन्देकी आमा’ एउटा क्यारेक्टर मात्रै हो । उनलाई थाहा छ । बुझेकी छिन् ।

    ० तपाईकी गर्लफ्रेण्डले तपाईलाई महिलाको क्यारेक्टरमा अभिनय गर्दा के भन्नु हुन्छ ?
    – त्यस्तो केही भन्नु हुन्न । बरु उहाँले सिकाउनु हुन्छ ।

    ० तपाईको हाँस्य अभिनय हेरेर हाँस्नु हुन्छ कि हुन्न नि ?
    – किन नहाँस्नु । म आफै त हाँस्छु, आफ्नै हाँस्य अभिनय देखेर । महिलाको गेटअपभन्दा बाहिर आएर उमेश राई भएर हेर्दा त्यो हाँस्य अभिनय गरेको म होइन कि जस्तो लाग्छ । मत हाँस्छु भने अरु त नहाँस्ने भन्ने हुँदैन ।

    ० तपाई वैदेशिक रोजगारीमा गएर आएको भन्नुभयो । विदेशमा कमाई राम्रो कि ?स्वदेशको ?
    – स्वदेशमा नै राम्रो । नेपालमा नाम पनि दाम पनि राम्रो । विदेशमा दुःख मात्रै धेरै हुन्छ । मेहनत गर्ने हो भने नेपालमै राम्रो कमाई हुन्छ । विदेशमा काम धेरै, दाम थोरै हुन्छ ।

    ० तपाई कुन–कुन देश जानुभएको छ ?
    – म कामको लागि साउदी अरब गएर बसेको थिएँ । कलाकारितामा लागेपछि मलाई ५÷६ वटा देशमा बोलउनुभएको छ । त्यहाँ गएर हाँस्य विधा देखाउन पाएँको छु ।

    ० तपाईलाई प्रेम प्रस्ताव राख्नेहरू त होलान् नि ?
    – आउँछ । धेरैले माया प्रेमको प्रस्ताव राख्नु हुन्छ । सिधै नभने पनि घुमाउरो भाषामा धेरै प्रस्तावहरू आइरहेका हुन्छन् ।

    ० सानै उमेरमा तपाई चर्चित कलाकार बन्नुभयो ? कसरी सम्भव भयो ?
    – म आफूलाई हाँस्य कलाकारितारित चर्चित भएको जस्तो लाग्दैन । उमेर त सानै होला । मेरो हाँस्य अभिनय दर्शकले मन पराइदिनुभएको छ । यसैमा खुसी छु ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार