Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नियन्त्रणमा आएन मूल्यवृद्धि, के गर्दैछ सरकार ?

    नियन्त्रणमा आएन मूल्यवृद्धि, के गर्दैछ सरकार ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो ।

    गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्यवृद्धि बढेको थियो ।



    त्यस्तै गैरखाद्य तथा सेवासमूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रहेका ती वस्तुको उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) गत माघसम्ममा ६ दशमलव ८७ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो । ७ महीनाको औसत मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत छ ।



    नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आवको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको देखाएको छ । काठमाडौं उपत्यकाका ७ दशमलव ५८ मूल्यवृद्धि छ भने तराईमा ७ दशमलव २६ प्रतिशत छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार