Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारी निर्णयलाई अटेर गर्दै एफएनसीसीआई,अन्योलमा भवानी

    सरकारी निर्णयलाई अटेर गर्दै एफएनसीसीआई,अन्योलमा भवानी

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चैत २८ र २९ गते हुने भनिएको साधारणसभा अन्योलमा परेको छ । सरकारले कारोना भाइरस नियन्त्रणका लागि अप्रिल ३० सम्म एसईई र त्रिविको परीक्षा सहित धेरै मानिसको जमघट हुने स्थान समेत बन्द गरेपनि महासंघ भने अझै चुप बसेर कुनै निर्णय गरेको छैन।

    केही दिन अघि देखी सरकारले सबैतिर ‘लक डाउन’ गर्दै आएको छ। २५ जनाभन्दा बढी भेला हुन नपाउने भएपछि कसरी साधारणसभा गर्न सम्भव हुन्छ ? किन महासंघकी अध्यक्ष भवानी राणा मौन बसेकी छन् ? महासंघका एक अधिकारीले प्रश्न गरे ।



    उपप्रधामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले बैठकले रङ्गशाला, सिनेमा हल, जिम तथा हेल्थ क्लबलगायत बढी मानिसको जमघट हुने स्थल उक्त समयावधिसम्मको लागि बन्द गर्ने निर्णय गरेकाले साधारणसभा स्थगन नगरी नहुने अवस्था आएको ती अधिकारीको बुझाई छ ।



    जबकी अन्य संघ संस्थाहरुले यस्ता साधारणसभा वा अधिबेशन स्थगित गर्ने निर्णय गरिसकेका छन्।

    आज सरकारको यो निर्णय पछि अध्यक्ष  राणा र आगामी अध्यक्ष शेखर गोल्छाबीच यस विषयमा छलफल भएपनि कुनै निर्णय गर्न सकेका छैनन् । महासंघको आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार