Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध

    २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

    बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो । त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ ।



    समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ। चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार