Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गुप्तचर विभागलाई फोन ट्यापिङ गर्ने अधिकार!

    गुप्तचर विभागलाई फोन ट्यापिङ गर्ने अधिकार!

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । विशेष सेवा ऐन मार्फत टेलिफोन ट्यापिङ गरेर नागरिकको गोपनीयताको हक हनन गर्न खोजेको भन्दै विरोध जनाएको नेपाली कांग्रेस अब दुरुपयोग नहुने गरी टेलिफोन टेपिङ गर्न दिन सहमत भएको छ । राष्टियसभाको विधान व्यवस्थापन समितिमा कांग्रेसले यस विषयमा मध्यमार्गी बाटो अपनाएर फोन ट्यापिङ गर्न दिने कुरामा सहमति जनाएको हो ।

    काँग्रेसले सहमति दिएपछि राष्ट्रिय अनुसन्धान विभागले शंकास्पद व्यक्रिहरुको फोन ट्यापिङ गर्न पाउने भएको छ । विशेष सेवा ऐन मार्फत टेलिफोन टेपिङ गरेर नागरिकको गोपनीयताको हक दुरुपयोग नहुने गरी काँग्रेसले सहमति दिएपछि गुप्तचरले यो सुविधा पाउने निश्चित भएको हो । राष्टियसभाको विधान व्यवस्थापन समितिमा कांग्रेसले यस विषयमा मध्यमार्गी बाटो अपनाएर फोन टेपिङ गर्न दिने कुरामा सहमति जनाएको हो ।



    कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सार्वजनिक रुपमा यसको विरोध गर्दै आएका थिए । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विधेयकमा टेकेर सरकारले प्रेमी प्रेमिका बीचको टेलिफोन कुराकानी सुन्न सक्ने समेत टिप्पणी गरेका थिए । ‘गुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य सञ्चार माध्यमबाट भएका कुराकानी श्रव्य दृष्य वा विधुतिय संकेत वा विवरणलाई निगरानी अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्ने छ’, उक्त ऐनको ऐनको दफा १० मा उल्लेख छ ।



    यहि व्यवस्थामा लगातार विरोध प्रकट गर्दै आएको कांग्रेसले अहिले मध्यमार्गी बाटो रोज्दै दुरुपयोग नहुने सुनिश्चितता गरेर फोट टेपिङ गर्न दिने कुरामा सहमत भएको हो । राष्ट्रियसभामा विपक्षी दलका नेता समेत रहेका कानुनविद राधेश्याम अधिकारीले त्यसरी टेपिङ गरेको सूचना दुरुपयोग नहुने सुनिश्चतता भएको स्थितिमा यो व्यवस्था राख्न सकिन्छ भनेर सहमति जनाए ।

    यसअघि बनिसकेको चारवटा कानुनमा समेत यस्तो व्यवस्था रहेको थाहा पाएपछि कांग्रेस दुरुपयोग नहुने गरी व्यक्तिगत सूचना संकलन गर्न दिन तयार भएको हो। अदालतको अनुमतिमा मात्र फोन ट्यापिङ गर्ने कांग्रेसको प्रस्ताव छ । गुप्तचरलाई यो अधिकारीले विदेशी गतिविधि रोकिने आँकलन गरिएको छ । फोन ट्यापिङको अधिकार दिएर गुप्तचरलाई प्रतिजासुसीको जिम्मेवारी समेत दिन लागिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार