Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • ‘बम हाने पनि झुठसँग झुक्दिँन’

    ‘बम हाने पनि झुठसँग झुक्दिँन’

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले झुटसँग नझुक्ने बताएका छन्। मंगलबार समाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गर्दै बमगोला हाने पनि झुठसँग नडराउने उल्लेख गरेका छन्।

    प्रन्टिङ प्रेस खरिदको ७० करोड कमिसन प्रकरणमा अडियोसहितकाे प्रमाण सार्वजनिक भएर पदबाट राजीनामा दिएका बाँस्कोटाले यस्ताे बताएका हुन्।



    ७० करोड कमिसन प्रकरणमा आफ्नो संलग्नता नभएको दावी बाँस्कोटाले गर्दै आएका छन्। यसै क्रममा प्रतिबन्धित नेकपा विप्लव समूहले उनको घरलाई लक्षित गरि केही दिनअघि बम बिस्फोट गराएको थियो। यो घटनापछि बाँस्कोटाले मंगलबार ट्वीट गरेका छन्, ‘सत्यसग नलड्ने झुठसँग नझुक्ने, बम गोला जे हाने पनि मेरो जीवनको सङ्कल्प यति हो।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार