Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • बाबुरामको हिन्दी भाषामा व्यङ्ग्य– ‘कुछ तो शरम करो यारो’

    बाबुरामको हिन्दी भाषामा व्यङ्ग्य– ‘कुछ तो शरम करो यारो’

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका स‌ंघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश २ को नामकरण हुन नसकेपछि हिन्दी भाषाकाे प्रयाेग गरी ट्विट गर्दै केही नेताहरूलाई व्यङ्ग्य गरेका छन् ।

    साथै, उनले संविधानले नै मधेसी स्वीकार गरिसकेको अवस्थामा प्रदेश नम्बर २ काे नाम मधेश हुन् किन सक्दैन ? भन्दै प्रश्न समेत गरेका छन् ।



    बुधवार बिहान हिन्दीमा भाषामा ट्विट गर्दै उनले लेखेका छन्,‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम ‘मधेस’ किन हुन सक्दैन?’ ‘हाम्रा पूर्वमाओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्’ भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् ? अन्तिममा उनले लेखेका छन ‘कुछ तो शरम करो यारो !

    उनको यो ट्वीटमा यतिबेला प्रतिक्रियाको ऒइरो लागेको छ। कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् भने कतिपयले जातीय राज्यको पक्षमा वकालत नगर्न सुझाव दिएका छन् ।

    उनले सो प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न समेत गरेका छन् । नेता भट्टराईले ‘पूर्वमाओवादी’ नेताहरू मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित प्रदेशको नाम मधेस प्रदेश किन हुन नसकेको भन्दै प्रश्न गरेका छन् । उनले व्यङ्ग्य गर्दै अन्त्यमा भनेका छन् ‘कुछ तो शरम करो यारो’

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार