Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अमेरिकामा मू‌लुकभर कोरोनाको संक्रमण, १११ जनाको मृत्यु

    अमेरिकामा मू‌लुकभर कोरोनाको संक्रमण, १११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं – चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा देखिएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।

    वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो । अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।



    अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यहाँ राष्ट्रिय संकटकाल समेत घोषणा गरिसकिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार