Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेकपाद्वारा सचिवालय बैठक आह्वान

    नेकपाद्वारा सचिवालय बैठक आह्वान

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक डाकेको छ । कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता ठप्प भएकाे राजनीतिक गतिविधिलाई सुरक्षित तरिकाले निरन्तरता दिनकाे लागि नेकपाले सचिवालय बैठक डाकेको हाे।

    मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ ।



    प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्यण गरिने बुझिएको छ ।



    यसअतिरिक्त कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

    यसअघि फागुन १८ गते बसेको नेकपा सचिवालय बैठकले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने निर्णयमा पुगेका ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।

    लगत्तै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि बैठक बस्न सकेको थिएन ।त्यसअघि १४ फागुनको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सरकारलाई सिफारिस गर्ने भनेर गरेको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

    उक्त निर्णयमा अध्यक्ष ओली र सचिवालयका अरु सदस्यबीच मत बाझिदै आएको छ । प्रधानमन्त्री स्वास्थ्यलाभको अवस्थामा रहेकाले यावत बिषयका छलफल भने नहुने बताइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार