Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • संसदको महासचिव पदमा लुछाचुडी !

    संसदको महासचिव पदमा लुछाचुडी !

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौँ । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्नेमात्रै हो ।

    महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिनाअघि सभामुख निर्वाचित अग्नी सापकोटासँग कुरा गर्न चाहेका थिए ।



    अग्नीले आइतबार मनोहर अवकासमा जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने, ‘साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाऔँ भन्नुभएको छ ।’ गणेश बम्किए, ‘यस्तो मनलाग्दी नगर्नुहोस् न कमरेड, सिस्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ । अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र ?’

    अग्नीले सम्झाउन खोज्दै गर्दा गणेश जुरुक्क उठेर निस्किए । गणेश बाहिरिएको केही बेरमै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे पुगिन् । उनले थपिन्, ‘संसद चलाउनेजस्तो संवेदनशील कुरा छ । न महासचिव बनाउन उमेर पुग्छ, न क्षमताले भ्याउँछ । तपाईंहरुलाई मन लाग्दैमा हुन्छ ?,’ उनले भनिन् ।

    खासमा पार्टी नेताबीच संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह रहेछ । संसद सचिवालयमा कार्यरत तीन सचिवमध्ये सबभन्दा सिनियर पनि उनै हुन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनासँग केही साताअघि मात्रै अग्नी सापकोटाको भनाभन चलिसकेको थियो, इन्टरनेसनल पार्लियामेन्ट युनियनको बैठकमा जानेबारे । गणेशले म जान्छु भनेपछि अग्नीले भनेका थिए, ‘तपाईं आफ्नो मर्यादामा बस्नुहोस् मेरो काममा इन्टरफेयर नगर्नुहोस् ।’

    त्यसपछि गणेशले चर्कदै भने, ‘मलाई मर्यादा सिकाउने ? लु, संविधान निकाल्नुहोस्, राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ, सभामुख कहाँ हुन्छ ?’ जनआस्था साप्ताहिकमा समाचार छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार