Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काठमाडाैंमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन युवा पक्राउ

    काठमाडाैंमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन युवा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौँ — काठमाडौंमा एक काठमाडाैंमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ। चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ।

    मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको छ। सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका-१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका-९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका-२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्।



    महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ।



    घरायसी कामको सिलसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी फर्कने क्रममा थिइन्। त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सित्तैमा धादिङ पुर्‍याइदिने किशोरीलाई पखाएका थिए। उनीहरु तीनै जनाले आफूलाई समाएर ट्रकभित्र लगी जबर्जस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्।

    डीएसपी श्रेष्ठका अनुसार घटना घटाएर तीनजना भागेको अवस्थामा पीडित किशोरीलाई प्रहरीको गस्ती टोलीले ट्रकको पछाडि फेला पारेको थियो। बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ। आरोपितलाई प्रहरी वृत थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार