Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस नेतृ चित्रलेखामाथि गम्भीर आरोप लगाउँदै बुहारी रानी सम्पर्कविहिन

काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् पूर्वउपसभामुख चित्रलेखा यादबमाथि आफ्नै वुहारी रानी यादवले शारीरिक र मानसिक यातना दिएको आरोप लाएर सम्पर्क विहिन भएकी छन् ।

६ वर्षअघि छोरा अभिनय यादवसँग विवाह गरेकी रानीले दुई दिनअघि आफ्नो फेसवुक स्टाटसमा लिखित भनाई पोष्ट गर्दै आफूमाथि सासु चित्रलेखा र ससुरा डा. श्रीकृष्णले शारीरिक र मानसिक यातना दिएको आरोप लगाएकी हुन् ।

अमेरिका बस्दै आएका चित्रलेखाका छोरा अभिनयसँग जनकपुर स्थायी घर भएकी रानीको विवाह भएको थियो । विवाह भएको ६ वर्षपछि अभिनय र रानीको सम्वन्ध विग्रिएको हो ।

उनले फेसबुकमा गरेको पोष्टमा ‘ससुरा (डा. श्रीकृष्ण यादव) ले किस गरेर अँगालो हाल्दै छोरा छैन यहाँ, त्यो भएर फिल नहोस, मायाँको कमी भन्ने सिकाउने सासु कुन क्लासको होला ?’ भन्दै सासु चित्रलेखासँग गम्भीर प्रश्न गर्दै आरोप लगाएकी छन् । सम्पति दिएर आफूलाई छुटाउन खोज्दा उनले ‘म छोरासँग विवाह गरेर बाबुको बुढी हुन सक्दिन, त्यो पापको सम्पत्ती चाहिन्न’ भन्ने आरोप लगाउँदै रानीले स्टाटस लेखेकी छन् ।

रानीले यस विषयमाम अधिवक्ता विजय ठाकुरसँग कानुनी परामर्श लिन खोज्दा ठाकुरले उल्टै चित्रलेखाकै परिवारलाई सहयोग पुग्ने गरी इज्जतको कारण देखाउँदै मिल्न दबाब दिएको जनाएकी छन् ।

रानीले ससुरा श्रीकृष्ण यादवलाई अपराधी भएको आरोप लगाउँदै ‘मेरो गल्ती यो भयो कि मैले उनीहरुलाई बचाउन खोजेँ’ भनेर ससुराको दुव्र्यवहारबाट आजित भएको आरोप लगाएकी छन् । श्रीकृष्णमाथि रानीले लगाएको आरोपको बारेमा प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

रानीले लगाएको अरोपको विषयमा पूर्वउपसभामुख चित्रलेखा यादवसँग प्रतिक्रिया लिँदा रानी ९ दिन अघि नै यमबहादुर विश्वकर्मा भन्ने व्यक्तिसँग साढे ४ वर्षको बच्चा लिएर भागेको हुँदा उसले आफूहरुको बारेमा नराम्रो स्टाटस फेसवुकमा पोष्ट गरेको बताइन ।

सो घटनालाई लिएर उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँग भेट गरिसको र रानी हराएको भन्दै इलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएको बताइन् ।

रानीले लगाएका सबै आरोपहरु गलत रहेको, प्रहरी र स्वयम् रानीका बाबु आमासँग बुझ्दा पनि सबै कुरा थाहा हुन्छ भन्दै चित्रलेखाले रानी गलत रहेको अनलाइन नेपालसँग बताइन् ।

यस बारेमा इलाका प्रहरी कार्यालय लाहानका डिएसपी सरद थापासँग सम्पर्क गर्दा उनले अन्य कुरा केही नखुलेको तर, रानी हराएको विषयमा उजुरी आएपछि खोजतलास भइरहेको अनलाईन नेपालसँग बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077